×

नवलपुर — देवचुली नगरपालिका वडा नं ३ आम्बासमा एक दिल दहला हुने घटना घटेको छ। ९० वर्षका दिलबहादुर थापाले आफ्नै ७६ वर्षीया श्रीमती जमुना थापाको फलामको रड प्रहार गरी हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार घटना हिजो राति ९:२० बजे भएको हो। टाउकोमा रडले प्रहार गर्दा जमुना थापाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।

प्रहरीले दिलबहादुर थापालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको जनाएको छ।थापा आफ्नी श्रीमती, छोरा र बुहारीसँगै बस्दै आएका थिए। घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन।

यस दर्दनाक घटनाले स्थानीय बासिन्दा स्तब्ध भएका छन्। प्रहरी अनुसन्धानपछि थप विवरण खुल्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया