×

देवचुली- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अन्तर्गत देवचुली नगरपालिका वडा नं. २ स्थित प्रसिद्ध सि.जी.धाम मन्दिरमा सरसफाईको क्रममा एक युवक गम्भीर रूपमा घाइते भएका छन्।

देवचुली नगरपालिका वडा नं. ५ निवासी १९ वर्षीय यम बहादुर मगर मन्दिरको गजुर माथि चढी सफा गर्ने क्रममा झण्डै ७/८ मिटरको उचाइबाट लडेर गम्भीर घाइते भएका हुन्। लड्दा उनको टाउको, नाक, घाटी र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

घटनापछि तुरुन्तै उनलाई उपचारका लागि भरतपुरस्थित मनकामना अस्पताल लगिएको छ। हाल उनको अवस्था बेहोस रहेको र उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ। प्रहरीका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया