×

गैँडाकोट । नवलपरासी (पूर्व)को गैडाकोट नगरपालिका–५,स्थित राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
दाङबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ५०५० नम्बरको हाईस गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मध्ये पाँच जनालाई थप उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको छ भने दुई जनाको स्थानीय गैडाकोट सामुदायिक मेडिकलमा उपचार भइरहेको नवलपुरका प्रहरी नायव उपरिक्षक मधु नेपालले बताउनुभयो ।

पुरानो मेडिकल कलेज, भरतपुरमा उपचाररत घाइतेहरूको विवरणः

१. शान्ता वि.क., ४२ वर्ष, पालुङटार नगरपालिका–७, गोर्खा – ढाडमा चोट, अवस्था मध्यम ।
२. कमल वि.क., ४५ वर्ष, ठेगाना खुल्न बाँकी – टाउकोमा चोट, अवस्था सामान्य।
३. कृष्ण कुमार नेपाल, ३७ वर्ष, तुलसीपुर उपमहानगरपालिका–१, दाङ – हातमा चोट, अवस्था सामान्य।
४. गीता वली, ५० वर्ष, घोराही नगरपालिका–५, दाङ – अनुहार, बायाँ हात र खुट्टामा चोट, अवस्था मध्यम।
५. धर्मराज के.सी., ५० वर्ष, तुलसीपुर उपमहानगरपालिका–६, दाङ – शरीरमा चोट, अवस्था सामान्य।

स्थानिय  मेडिकलमा उपचाररत घाइतेहरूः

१. सुवास श्रेष्ठ, २१ वर्ष, मध्यविन्दु नगरपालिका–९, नवलपरासी (पूर्व) – दाहिने हातमा चोट, अवस्था मध्यम।
२. रेजिना श्रेष्ठ, २२ वर्ष, ठेगाना खुल्न बाँकी – दाहिने कुममा चोट, अवस्था सामान्य।

तपाईको प्रतिक्रिया