चितवन- मनकामना मन्दिर दर्शनका लागि आएका एक भारतीय तीर्थयात्रीको शौचालयभित्र बेहोस अवस्थामा फेला परेपछि उपचारका क्रममा मृत्यु भएको छ।भारतको गुजरात राज्य, पालनपुर जिल्ला निवासी ६२ वर्षीय मन्नु प्रसाद भट्ट आज बिहान करिब ८:३० बजे मनकामना केवलकार क्षेत्रको शौचालयभित्र लडेको अवस्थामा अचेत फेला परेका थिए।
उनलाई आफन्तहरूले तुरुन्तै इच्छाकामना आधारभूत अस्पताल, कुरिनटारमा पुर्याएका थिए। तर, बिहान ९:४४ बजे डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरी निरीक्षक प्रतीक सिंहको कमाण्डमा मुचुल्कासहितको टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सम्पन्न गरेको छ।
मृतकको शव पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।घटनास्थल इलाका प्रहरी कार्यालय, मुग्लिङबाट करिब ७ किलोमिटर पूर्व पर्छ।



उज्यालो खबर




