गृहमन्त्री थापा र उद्योग मन्त्री भट्टले गरे ओलीका पक्षमा कित्ता क्लियर
काठमाडौं ।तत्कालिन नेकपा माओवादी तर्फबाट मन्त्री भएका गृह मन्त्री रामबहादुर थापा बादल र उद्योग मन्त्री लेखराज भट्टले कित्ता क्लियर पारेका छन्।
नेकपाका अध्यक्ष प्रचण्ड र माधव नेपाल समूहका मन्त्रीहरुले सरकारबाट राजीनामा दिएपनि थापा र भट्टले राजीनामा नदिएका हुन्।
शनिबार मात्र प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्रीको क्वाटर बालुवाटार पुगेका थिए। थापा सरकारमा सामेल भएसँगै प्रधानमन्त्री ओली निकट बनेका थिए। तर अन्तिम समयमा पूर्व माओवादी एक ठाउँमा रहने पूर्व माओवादी कित्ताको अ...


