
कावासोती । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको केन्द्रीय समिति बैठकमा नवलपुरका ९ जना नेता केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
नेकपा केन्द्रीय कमिटीको तेस्रो बैठकबाट केन्द्रीय कमिटी सदस्यमा नवलपुरका नेकपा नेताहरु रोशनबहादुर गाहा, चन्द्रमणि खराल, घनश्याम कोइराला, दीपक अधिकारी ,कृष्णप्रसाद घिमिरे, चन्द्रकुमारी पुन, जीवन श्रेष्ठ ,जनकलाल श्रेष्ठ र पदमा जि.सी मनोनित भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आज ५५६ जना केन्द्रीय सदस्य थपेका हुन् । मंगलबार बिहान बालुवाटारमा भएको आफूनिकट केन्द्रीय सदस्यको भेलामा एक हजार १९९ जना महाधिवेशन आयोजक समिति बनाउने भन्दै तत्काल ५५६ जना केन्द्रीय सदस्य थप्ने निर्णय गरेका हुन् ।
१९७ जना पछि थप्ने गरी ओलीले महाधिवेशन आयोजक समिति बनाउने योजना बनाएका छन् ।यसअघि नेकपाको केन्द्रीय कमिटिमा नवलपुरबाट ३ जना थिए ।