×

गैँडाकोट । राष्ट्रिय युवा संघ नवलपुरले संसद विघटन प्रधानमन्त्री ओलीको बाध्यात्मक कदम भएको भन्दै जिल्लाका सबै युवाहरुलाई परिस्थितिको सामना गर्न तयार रहन आग्रह गरेको छ ।

विदेशी प्रतिकृयावादी शक्तिहरुसँग मिलेर आफ्नै दलभित्रका नेताहरुले सम्मानित राष्ट्रपति र प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव तयारी गरिनु दुर्भाग्यपूर्ण भएको युवासंघले जनाएको छ । राष्ट्रिय युवासंघ नवलपुरका संयोजक कृष्ण कंडेलले उज्यालो खबरसँग कुरा गर्दै मुलकलाई बचाउन प्रधानमन्त्रीबाट संसद विघटनको कदम चालेको दावी गरे ।

जनमत प्राप्त सरकार र प्रधानमन्त्रीलाई पार्टि भित्रैका विपक्षीहरुले काम गर्न नदिएको भन्दै युवासंघ नवलपुरले ताजा जनादेशका लागी प्रधानमन्त्री ओलीले चालेको कदम स्वागतयोग्य रहेको जनाएको छ । संघको निर्णय र सर्कुलर विना जिल्लामा कुनै सरकार विरोधी कुनैपनि गतिविधि नर्गन युवासंघले आग्रह गरेको संयोजक कंडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया