×

नवलपुर । नवलपुरको अरुणखोलामा साढे १० लाख रुपैँया भन्दा बढी धनमाल चोरी गरेका तीनजना लाई प्रहरीले पक्राउ गरेको छ ।अरुणखोलामा रहेको विन्देश्वर ईन्टरप्राईजेजको आई एम ई भित्र प्रवेश गरी नगद ९,३२,२५७ रुपैँया नगद सहित २ थान ल्यापटप र सामसुङ कम्पनीको १ थान मनिटर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले जनाएको छ ।

डिएसपी मोहन बहादुर खाँणका अनुसार पक्राउ पर्नेमा नवलपुरको कावासोती नगरपालिका वडा नं. ३ का ४० वर्षीय भरत वि.क.सोहि स्थानका १९ वर्षका सिमन सुनार र मध्यविन्दु नगरपालिका वडा नं. १० का २६वर्षका पदम सिहं सारु रहेका छन ।

जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीको विशेष टोलीले उनिहरुलाई पक्राउ गरेको हो । उनिहरुको साथबाट १,७८,६३० रुपैँया नगद सहित , ल्यापटप २ थान र सामसुङ कम्पनीको मनिटर १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० चोरी सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको छ ।

 

तपाईको प्रतिक्रिया