Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनका  नेता राम प्रसाद न्यौपानेले आगामी निर्वाचनमा प्रचण्ड चितवनबाट पराजित हुने ठोकुवा गरेका छन ।पत्रकारसँग  कुराकानी गर्दै  नेता न्यौपानेले देशलाइ समृद्ध बनाउने प्रधानमन्त्रीको सपनामाथी आक्रमण गर्नेलाई जनताले हराउने दावी गर्नुभयो ।  चितवन ३ प्रचण्डको क्षेत्र नरहेको नेकपा भरतपुर महानगर कमिटि अध्यक्ष न्यौपानेले बताए ।

तत्कालीन नेकपा एमालेको मायाको कारण मात्रै प्रचण्डले चितवन ३ बाट चुनाब जितेको अध्यक्ष न्यौपानेले जिकिर गरे । केपि ओलीलाई दिएको धोकाको परिणाम प्रचण्ड र माधब गुटले व्यहोर्ने न्यौपानेको भनाइ छ । अब नेकपाको बागडोर प्रथम अध्यक्षको हैसियतमा केपि ओलीले नै गर्ने उनको भनाइ छ । चितवनका युवा नेता न्यौपाने जिल्लामा युवाहरुमा माझ सबैभन्दा लोकप्रीय नेता हुन ।

तपाईको प्रतिक्रिया