×

गैँडाकोट । नेकपाका युवा नेता तथा नवलपुरका सांसद तिलक महतले प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने अधिकार कसैसँग नभएको बताएका छन । स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीलाई कारवाही गरेको भन्ने कुरामा कुनै तुक नभएको नेता महतले टिप्पणी गरे ।

विधानले पार्टि भित्र बहुमत र अल्पमतको कल्पना नगरेको नेता महतको भनाई छ । जनताको मत पाएर बनेको प्रधानमन्त्री र सम्मानित राष्टपतिलाई महाअभियोग लगाउने गम्भिर षडयन्त्र भएपछि प्रधानमन्त्रीले बाध्यात्मक अवस्थामा संसद विघाटन गरेको उनले बताए ।

उज्यालो खबरलाई प्रतिकृया दिँदै ओली निकट मानिने नेता महतले ताजा जनादेशका लागि सबै तयार रहनुपर्ने धारणा राखे । आगामी केन्द्रिय कमिटी बैठकमा जानुहुुन्छ कि नाई ? भन्ने उज्यालोको प्रश्नमा नेता महतले विकसित घटनाक्रम अनुसार निर्णय लिइने जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया