
गैँडाकोट । नवलपुरमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ३ कालिगण्डकी करिडोरमा भिरबाट ट्रक खस्दा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको हो । मृतकहरुको परिचय खुल्न सकेको छैन ।
कालिगण्डकी करिडोर अन्र्तगत गैंडाकोट ३ को भोक्रोफाँट टोलको २६ किलोमिटर भन्ने स्थानको सेतो पहराबाट करिब २ सय मिटर तल ना ३ ख ५३३९ नम्बरको ट्रक खसेको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले उज्यालो खबरलाई बताए ।
घटनास्थल पुुगेका प्रहरी निरिक्षक थापाले मृतकको शव अहिलेपनि भिरमै रहेको जानकारी दिए । लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको हो ।