नवलपुरको भृकुटी कागज कारखाना कुरुप र खण्डहर
माया कँडेल
गैँडाकोट । देशकै शानका रुपमा रहेको भृकुटी कागज कारखाना कुरुप र खण्डहर बनेको छ । बन्द भएको दशक भइसक्दा पनि न त यहाँ काम गरेका कर्मचारीले तलब पाएका छन्न त यसको व्यवस्थापनमा नै सरोकारवालाले चासो दिएको छ । मजदुर र सीमान्तकृतका लागि काम गर्छौं भन्ने व्यक्ति सरकारमा पुगे तर यो विषयले भने अझै प्राथमिकता पाउन सकेको छैन ।
भृकुटी कागज कारखाना बन्द हुँदा सयौँ व्यक्तिले रोजगारी गुमाए । यति मात्रै होइन कागजमा आत्मनिर्भर बनेको र विदेशमा पनि यहाँ उत्पादित कागज निर...


