Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट । पूर्वि नवलपरासीको कावासोती नगरपालिकाले माग गरेको १७ जना कार्यालय सहयोगी पदका लागि १९९ जनाले आवेदन दिएका छन।
नगरपालिका कार्यालयले मंसिर १७ गते कार्यालयका सहयोगी लागि जनशक्ति आवश्यक परेको भन्दै कार्यालय सहयोगी पदमा दरखास्त आह्वान खुल्ला गरेको थियो ।
सोही पदका लागी १९९ जनाले आवेदन दिएको नगरपालिकाका सूचना अधिकारी राजन पाण्डेले उज्यालो खबरलाई बताए । आवेदन दिएका मध्ये लिखित परिक्षा मार्फत ३१ जनाले नाम निकालेका छन ।नगरभित्रका सबै १७ वटा वडाहरुमा कार्यालय सहयोगी एकैपटक नियुक्त गर्नेगरी सूचना आह्वान गरिएकोमा शुक्रवार सम्पन्न लिखित परिक्षा मार्फत ३१ जनाले नाम निकालेका हुन ।
नगरपालिका कार्यालयले कार्यालयको वेबसाईटमा राखेका सूचना अनुसार लिखित परिक्षा मार्फत छनौट भएका ३१ जनाको आईतबार अन्तरवार्ता हुनेछ ।अन्तरवार्ता   मार्फत छनौट भएका १७ जनाले नगरपालिका कार्यालय मातहतका वडाहरुमा काम गर्न पाउनेछन ।

माैखिक परिक्षाका लागि छनौट भएकाहरु 

11 22

तपाईको प्रतिक्रिया