Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट । नवलपुरमा नदीजन्य पदार्थ चोर्ने क्रम रोकिएको छैन । ट्रयाक्टर व्यवसायीहरुले खोलाबाट बालुुवा ढुगां र गिटी चोर्न पल्केपछि प्रहरीले कार्बाही प्रकृयालाई चुस्त बनाएको छ ।

यसैक्रममा बुधवार राति नवलपुरमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा १६ वटा ट्याक्टर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ विनयी खोला बाट नदीजन्य पदार्थ चोर्दै गरेका १६वटा ट्याक्टर पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले ट्याक्टरहरु नियन्त्रणमा लिएको डिएसपी माेहन बहादुर खाँणले बताउनु भयो ।

नम्बर नखुलेका सात सहित ना ७ त ३६२०, ना ७ त २५०२, लु ३ त ७८०, लु ३ त ९१७६, लु ४ त ५३९, लु २ त ९६११,लु ४ त ५८९, लु ४ त ३६६५, लु ३ त ९५७९,गरि जम्मा १६ ट्याक्टर पक्राउ गरिएको हो । पक्राउ परेका सवारीसाधनलाई आवश्यक कारबाहीको लागि विनयीत्रिवेणी गाउँपालिका कार्यालय पठाइएको छ ।

तपाईको प्रतिक्रिया