×

कावासोती । शिवमन्दिर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था कावासोती-१ को पाँचौँ अबिधेशनबाट नेकपा र जनमुक्ति पार्टीको संयुक्त प्यानल बिजयी भएको छ । बुधबार सम्पन्न निर्वाचनबाट राजकुमार घिमिरेको नेतृत्वको प्यानल बिजयी भएको शिव प्रसाद भट्टराई संयोजकत्वको निर्वाचन समितिले घोषणा गरेको थियो ।

निर्वाचनबाट उपाध्यक्षमा बल बहादुर गाहा मगर ,सचिवमा लक्ष्मण श्रेष्ठ, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ , निर्वाचित भएका छन् ।

त्यसैगरी दलित सदस्यमा गीता बि।क। र होम बहादुर बि।क।, महिला सदस्यमा चन्द्रावती अधिकारी र टीकादेबी बि।क।निर्वाचित भएका छन् । खुला सदस्यहरुमा अक्कलसिँह रुम्बा, भवानी शंकर अधिकारी , र दुर्गा बहादुर राना बिजयी भएका छन् भने , लेखा समिति संयोजकमा तिलाराम भुषाल, सदस्यमा परमाजित सारु र महम्मद हुसेन मिया निर्वाचित भएका छन् । एक हजार चालीस कुल मत मध्ये ८९७ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनका लागि नेपाली कांग्रेसको प्रजातान्त्रिक प्यानल , नेकपा जनमुक्तिको प्रगतिशील प्यानल र जनता समाजवादीको समाजवादी प्यानल दर्ता भएका थिए । सँस्थाले साबिक शिवमन्दिर गा।बि।स।को वडा नम्बर ४ र ८ का बासिन्दाहरुलाई खानेपानीको सुबिधा प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया