
गैँडाकोट । पूर्वि नवलपरासीमा आगो ताप्ने क्रममा आगोले जलेर गम्भिर घाईते भएकी एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं. १० अरुणखोला बस्ने ७७ वर्षीया देवकी घिमिरेको उपचारको क्रममा आज विहान काठमान्डौमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वि नवलपरासीका डिएसपी मोहन बहादुर खाँणले जानकारी दिए ।
घर बाहिर कुर्सीमा बसि आगो ताप्ने क्रममा आगो उनले लगाएको कपडामा सल्कीन गई गम्भिर घाईते भएकी थिईन । घटनाका सम्वन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।