
गैँडाकोट । पुर्वि नवलपरासीको मध्यविन्दुमा नवजात शिशुको शव फेला परेको छ । मध्यविन्दु नगरपालिका वडा नं. ५ को हरियाली सामुदायिक वन र वडा नं. ७ विजय सामुदायिक वनको सिमामा नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पूर्वि नवलपरासीले जनाएको छ ।
डिएसपी मोहन बहादुर खाँणका अनुसार बुधवार विहान ११ः५० वजे कपडाले वेरी जेब्रा झोला भित्र मृत अवस्थामा फेला पारी फालेको अवस्थामा शिशुको शव भेटाइएको हो ।
घटनाको सम्वन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । अवैध सम्वन्धबाट जन्मिएका कारण शिशुको हत्या गरि शव फालिएको हुन सक्ने अनुमान गरिएको छ ।