×

गैँडाकोट । युवासंघ नेपालका केन्द्रीय ईन्चार्ज महेश बस्नेतले सरकार विरुद्ध भ्रम फैलाउने हरुका विरुद्ध टोलटोलमा साईबर सेना गठन गर्न युवाहरुलाई निर्देशन दिएका छन ।
सरकारका विरुद्ध नियोजित रुपमा विपक्षीहरुले भ्रम फैलाएको दावी गर्दै उनले सरकारका विरुद्ध भ्रम फैलाउनेहरुलाई तह लगाउन साईबर सेना बनाएर सरकारको प्रतिरक्षा गर्न युवाहरुलाई आग्रह गरे ।
नवलपुरको गैँडाकोटमा शनिवार दिउसो युवाहरुको भेलालाई सम्बोधन गर्दै पूर्व उद्योग मन्त्री समेत रहेका उनले योजनावद्ध रुपमा सामाजिक सञ्जालमा सरकारको बद्नाम भैरहेको दावी गरे ।
सरकारले विकास र सुशासनका लागि काम गरिरहेको अवस्थामा त्यसविरुद्ध प्रतिपक्ष दलहरुबाट गलत प्रचारबाजी भईरहेको बस्नेतको जिकिर छ । सरकारले ल्याएका लोकप्रीय कार्यक्रमहरुलाई जनताका माझमा लैजान युवाहरुले भूमिका खेल्नुुपर्नेमा उनले जोड दिए ।
पाँच वर्षसम्म प्रधानमन्त्री बन्न पाउनुपर्छ भनेर संसदमा वकालत गर्ने पार्टीका नेताहरुले नै राजिनामा माग गरिरहेको सन्दर्भमा बस्नेतले अध्यक्ष प्रचण्ड र माधव कुमार नेपाल कोहिसँग पनि प्रधानमन्त्री ओलीको राजिनामा माग्ने नैतिक अधिकार नभएको बताए ।
पार्टिभित्र अनेक दाउपेच र कुण्ठाका श्रृखंलाहरु देखिएको भन्दै त्यो कसैको हितमा नभएको उनले प्रष्ट पारे । आगामी महाधिवेशन सम्म बहुमत या अल्पमतको नाममा छिनोफानो नगर्ने निर्णय प्रचण्ड र ओली विच भएको उनको दावी छ । पार्टी एकता जोगाउन र मजबुत गराउन लागिपर्ने र जोगाउन नसकिए पचाउन सक्ने क्षमता राख्न पनि आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय युवा संघका नेताहरु प्रताप डल्लाकोटी, कृष्ण कंडेल, प्रह्लाद प्रधान, नेकपाका जिल्ला सचिवालय सदस्य ज्ञानहरि पौडेल, भिमलाल कंडेल, कपिलवस्तु जिल्ला सचिवालय सदस्य तेजेन्द्र पाण्डे, वडा अध्यक्षहरु नवराज कंडेल, प्रेमप्रसाद सापकोटा लगायत स्थानीय स्तरका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

 

तपाईको प्रतिक्रिया