पुरानो मेडिकल कलेजले १० दिनभित्रै नयाँ अक्सिजन प्लान्ट सञ्चालन गर्ने
नवलपुर । चितवनको कलेज अफ मेडिकल साइन्सेस् पुरानो मेडिकल कलेज भरतपुरले १० देखि १५ दिनभित्रै अक्सिजनको नयाँ प्लान्ट सञ्चालन गर्ने तयारी गरेको छ । कलेजले नवलपुरको गैंडाकोटमा नयाँ प्लान्टबाट अक्सिजनको उत्पादन गर्न लागेको कलेजका निर्देशक डा। मनोहर प्रधानले जानकारी दिए ।
सो प्लान्टबाट दैनिक २०० देखि २५० सिलिण्डर अक्सिजन उत्पादन हुने निर्देशक डा। प्रधानले बताए । ‘अहिले चितवनका अस्पतालमा अक्सिजनको अभाव जस्तो देखिएको छ, अभावमा कमी ल्याउन यसले मद्धत गर्छ भन्ने विश्वास छ’ निर्देशक डा...


