Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गैँडाकोट । निषेधाज्ञाको समयमा आफुलाई पत्रकार भएको बताउदै हिड्ने एकजना युवालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका वडा नं. ५ का २२ वर्षका विजय लामिछाने रहेका छन ।
भरतपुर महानगरपालिका वडा नं. ३ पुल्चोकमा खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा उनले आफु पत्रकार भएको र समाचार संकलनका लागि हिडेको बताएपछि प्रहरीले शंका लागि थप केरकार गरेको थियो ।
उनको साथबाट साथबाट बिजय लामिछाने रिपोटर लेखेको प्रेस आई डि कार्ड समेत फेला परेको प्रहरीले जनाएको छ । घटनाको सम्वन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

उनले बनाएकाे नक्कली परिचयत्र पत्र यस्तो छ । 

तपाईको प्रतिक्रिया