Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर । नवलपरासी (पूर्व) मा कोरोना भाईरस (कोभिड १९) संक्रमित एक महिलाको गएराति मृत्यु भएको छ ।मध्यविन्दु नगरपालिका वडा नं. ५ निवासी ७० वर्षिया महिलाको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बैशाख २४ गते कोरोना पोजेटिभ भै २५ गते चितवन मेडिकल कलेजमा उपचार गराइरेकी उनको स्वास्थ्यमा सुधार नआएपछि परिवारले घर नजिकैको चोरामारा स्वास्थ्य केन्द्रमा ल्याई उपचार सुरु गराएका थिए ।प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको झण्डै ४० मिनेटपछि उनको ज्यान गएको हो ।

तपाईको प्रतिक्रिया