Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन । चितवन प्रशासनले निषेधाज्ञा थप गर्ने भएको छ । पहिलो चरणको निषेधाज्ञाले कोरोना संक्रमणको फैलावट कम गर्न केही सहयोग गरेको निष्कर्षसहित थप दुई साता निषेधाज्ञा थप्ने निर्णयमा पुगेको जानकारी चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले दिए ।

“आगामी जेठ १३ गतेसम्म निषेधाज्ञा थपिने भएको छ”, प्रमुख जिल्ला अधिकारी लामिछानेले भने, “के गर्न पाइने के नपाइने विस्तृतमा केही बेरमा जानकारी गराउने छौँ ।” निषेधाज्ञा बढाउन चौतर्फी सुझाव आएकोले यो निर्णय गरिएको उनले बताए ।

दोस्रो चरणको निषेधाज्ञामा थप कडाइ गर्न लागिएको उनले जानकारी दिए । “पहिलो चरणमा बन्द गर्न भनिएका सबै क्षेत्रसँगै केही थप प्रतिबन्धहरू पनि आउन सक्छन्”, उनले भने, “हामी सबैलाई अनुरोध गर्छौँ कि कोरोनाविरुद्ध लड्न सबै घरमै बसिदिनुहोस् ।”

 

तपाईको प्रतिक्रिया