Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन । जंगली हात्तीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको कोर ईलाका अन्र्तगत पर्ने ईच्छानगरमा जंगली हात्तीको आक्रमणबाट एक पु्रुषको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पर्सा जिल्ला ठोरी गाउँपालिका वडा नं. २ का ६० वर्षीय गोविन्द बहादुर राउत रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
च्याउ टिप्न जंगल गएको बेला हात्तीले आक्रमण गरेको हुन सक्ने निकुञ्जको अनुमान छ । आर्थिक वर्ष ७७।७८ को हालसम्म निन्कुन्ज र यसको मध्यवर्ती क्षेत्रमा १० जनाको वन्यजन्तुको आक्रमण बाट ज्यान गै सकेको छ ।

तपाईको प्रतिक्रिया