×

सुस्मा न्यौपाने
नवलपुर । महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या नवलपरासी (पूर्व)मा एकहजार नाघेको छ ।बुधवार साँझसम्म जिल्लामा एक हजार २४ जना सकृय संक्रमित देखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।
८ वटा स्थानीयतह रहेको नवलपुरमा सबैभन्दा बढि कोरोना संक्रमित गैँडाकोट नगरपालिकामा देखिएको कार्यालयका प्रमुख केशव प्रसाद चापागाईले बताउनु भयो ।

उहाका अनुसार गैँडाकोटमा अहिले ३९४ जना कोभिडका विरामीहरु छन । जसमध्ये अधिकांस होम आईसोलेशनमा रहेका छन । गैँडाकोटका कोरोनाका कारण दोस्रो चरणमा चार जनाले ज्यान गुमाएका छन ।जिल्लामा गैँडाकोट नगरपालिका पछि सबैभन्दा बढि कोरोना संक्रमित कावासोती नगरपालिकाका रहेका छन । कावासोतीमा २४७ जना कोरोना संक्रमित रहेका छन ।कावासोतीमा कोरोना भाईरसका कारण ५ जनाको मृत्यु भएको छ ।

उता जिल्लाको विनयीत्रिवेणी गाउँपालिकामा सक्रिय संक्रमितको सख्ंया १०० जना रहेको स्वास्थ्य कार्यालयको रेकर्डमा उल्लेख छ । विनयीत्रिवेणीमा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ ।त्यसैगरी देवचुलीमा ९८, मध्यविन्दुमा ८२, हुप्सेकोटमा ३६, बौदीकालीमा २५ र बुलिङटारमा ३ जनामा कोरोना संक्रमण भएको छ । कोरोनाका कारण देवचुलीमा ४, मध्यविन्दुमा २ जनाले ज्यान गुमाएका छन ।

तपाईको प्रतिक्रिया