×

नवलपुर विशेष

चितवन निकुञ्जमा मृत गैँडा फेला

चितवन निकुञ्जमा मृत गैँडा फेला
नवलपुर । चितवन राष्ट्रिय निकुुञ्जमा आज एक भाले गैँडा मृत अवस्थामा फेला परेको छ । निकुन्जको पश्चिमी सेक्टर मातहत कोर इलाकामा पर्ने कोलकत्ता टापुको कधी सोहारा भन्ने क्षेत्रमा करिब १० वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको चितवन चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जमा सूचना अधिकारी लोकेन्द्र अधिकारीले सो गैँडा दलदल परेर भासिन पुगी मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको बताउनु भयो । मृत अवस्थामा फेला परेको गैँडाको खाग र खुर सुरक्षित रहेको पनि उहाँले बताउनु भयो ।

नवलपुरको किसान बचतद्धारा ठुलो संख्यामा कर्मचारी माग

नवलपुरको किसान बचतद्धारा ठुलो संख्यामा कर्मचारी माग
नवलपुर । पूर्वि नवलपरासीको गैँडाकोटमा केन्द्रीय कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । केन्द्रीय कार्यालय गैँडाकोट सहित जिल्ला र जिल्ला बाहिरका विभिन्न सेवाकेन्द्र हरुका लागि कर्मचारी आह्वान गरिएको हो । नेपालको सर्वोत्कृष्ट तथा अन्तराष्ट्रिय स्तरको एक्सेस ब्राण्ड प्राप्त गरि एशियाली मापदण्डमा पुग्न सफल भएको किसान बचतले खुला प्रतिपष्र्धाको माध्यमबाट पदपुर्ति गर्न लागिएको जनाएको छ । एक साताको समयावधि तोकेर किसानले शैक्षिक योग्यत...

चितवन निकुञ्जमा गैंडा मारी खाग बेच्ने गिरोह पक्राउ

चितवन निकुञ्जमा गैंडा मारी खाग बेच्ने गिरोह पक्राउ
चितवन – चितवन राष्ट्रिय निकुञ्जमा गैंडा तस्करीमा संलग्न गिरोह पक्राउ परेको छ ।पक्राउ पर्नेहरुमा मकवानपुरको वागमती गाउँपालिका ३ पाँचपाण्डवका ३५ वर्षीय नविन पौडेल भन्ने मेख बहादुर नेपाली, जाजरकोटको शिवालय गाउँपालिका २ डुङ्ग्राका २७ वर्षीय विरबहादुर बस्नेत र चितवनको खैरहनी नगरपालिका ६ रिजालटोलका २५ वर्षीय आरोष उप्रेती रहेका छन् । उनीहरु २०७६ साल भदौ महिनामा निकुञ्जको नवलपरासीस्थित मर्दीघोल भन्ने ठाउँमा एउटा वयष्क गैंडा चोरी शिकारीमा संलग्न भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत...

कावासोतीको स्याउली बजारबाट सात जुवाडे पक्राउ

कावासोतीको स्याउली बजारबाट सात जुवाडे पक्राउ
नवलपुर । पूर्वि नवलपरासीमा जुवा खेल्दै गरेको अवस्थामा सात जना पक्राउ परेका छन् । कावासोती नगरपालिका वडा नं. ८ स्याउली बजारमा जुवा खेल्दै गरेका ७ जना आज साँझ ५ वजे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ । पक्राउ परेका हरुको साथबाट नगद २४ हजार ७ सय ८० रुपैँया बरामद गरिएको प्रहरी निरिक्षक मधुसुदन सिहंले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा कावासोती नगरपालिका वडा नं. ८ का नेत्र बहादुर खड्का, कमल सुवेदी, अर्जुन घिसिङ, भूमिश्वर भट्टराई, दिल बहादुर रानाभा...

मध्यविन्दुमा एक महिला सहित आठ जुवाडे पक्राउ

मध्यविन्दुमा एक महिला सहित आठ जुवाडे पक्राउ
नवलपुर । पूर्वि नवलपरासीमा जुवा खेल्दै गरेको अवस्थामा एक महिला सहित ८ जना पक्राउ परेका छन् । मध्यविन्दु नगरपालिका वडा नं. ६ टाँडीमा जुवा खेलिरहेका उनिहरु आज दिउसो ३ः१५ वजे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ । पक्राउ परेका हरुको साथबाट नगद ३६ हजार ६ सय ८० रुपैँया बरामद गरिएको प्रहरी निरिक्षक मधुसुदन सिहंले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा मध्यविन्दु नगरपालिका वडा नं. ६ का ६० वर्षका सत्रुघन थापा, ५१ बर्षका गंगाराम थारु, ५६ बर्षीया मिना कुमारी...

गैँडाकोटको बेरुजु जिल्लामै सबैभन्दा कम, आगामी दिनमा शुन्यमा झार्छौ : मेयर पौडेल

गैँडाकोटको बेरुजु जिल्लामै सबैभन्दा कम, आगामी दिनमा शुन्यमा झार्छौ : मेयर पौडेल
नवलपुर । नवलपरासी (पूर्व)को गैँडाकोट नगरपालिकाको बेरुजु जिल्लामै सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यलयले सार्वजनिक गरेको २०७६/७७ को लेखा परीक्षणमा जिल्लाका आठ स्थानीय तह मध्ये गैँडाकोट नगरपालिकाको बेरुजु सबै भन्दा कम देखिएको हो । सो आर्थिक वर्षमा गैँडाकोट नगरपालिकाको बेरुजु १.३५ प्रतिशत मात्रै रहेको छ । गैँडाकोट पछि दोस्रोमा बौदीकाली गाउँपालिकाको बेरुजु १.७५ प्रतिशत देखिएको छ । त्यसैगरी मध्यविन्दु नगरपालिकाको १.९२, कावासोती नगरपालिकाको २.१२, देवचुली नगरपालिकाको २...

हर्कपुरमा “किसान मार्ट” सञ्चालन हुने: मेयर पाैडेलद्धारा भवनकाे शिलान्यास

हर्कपुरमा “किसान मार्ट” सञ्चालन हुने: मेयर पाैडेलद्धारा भवनकाे शिलान्यास
सुस्मा न्याैपाने  गैँडाकाेट ।किसान उपभोक्ता सहकारी संस्था लिमिटेड गैँडाकोटले गैँडाकोट नगरपालिकाको वडा नं. ११ हर्कपुरमा स्थापना गर्न लागेको "किसान मार्ट"  भवनको आज शिलान्यास गरिएको छ । गैँडाकोट नगरपालिका वडा नं. ११ हर्कपुर चोकमा निकट भविष्यमै सञ्चालनमा आउने किसान मार्ट भवनको आज शिलान्यास गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले एक कार्यक्रमका विच "किसान मार्ट" भवनको शिलान्यास गर्नुुभएको हो । भवन शिलान्यास गर्दै मेयर पौडेलले किसानका उत्...

देवचुलीका ३६ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

देवचुलीका ३६ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु
नवलपुर । कोरोना संक्रमणबाट नवलपुरको देवचुलीमा एकजनाको मृत्यु भएको छ । देवचुली नगरपालिका वडा नं. ११ का ३६ वर्षका पुरुषको आज विहान भरतपुरमा मृत्युु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । साउन २२ गतेदेखि भरतपुर अस्पतालमा कोभिडसँग लडिरहेका उनको आज विहान पौने ५ वजे ज्यान गएको हो ।

नवलपुरको खरकट्टा जंगलमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

नवलपुरको खरकट्टा जंगलमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
नवलपुर । पूर्वि नवलपरासीको कावासोती नगरपालिका वडा नं. २ खरकट्टा जंगलमा ट्रकको ठक्करबाट आज साँझ एक युवकको मृत्यु भएको छ । मध्यविन्दु न.पा.३ बस्ने वर्ष २१ का अमर अधिकारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना २ ख ७५५५ नं. को ट्रकले लु ४६ प ४७५८ नं. को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक अधिकारीको मृत्यु भएको हो । दुर्घटनामा परि मोटरसाइकलमा सवार सोहि स्थानकी १९ वर्षीया ममता खाँड घाईते भएकी छिन् । घाईते खाँडको नवल...