×

नवलपुर विशेष

नारायणीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका  गैडाकाेटका किशाेरकाे शव फेला

नारायणीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका  गैडाकाेटका किशाेरकाे शव फेला
नवलपुर । नारायणी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका गैँडाकोट–२ का १६ वर्षीय प्रशान्त घिमिरेको शव भरतपुर २६ हिरापुरस्थित नारायणी नदीकिनारमा फेला परेको प्रहरीले जनाएको छ । भरतपुर–१, ठिमुरास्थित हजुरआमाको घरमा गएको बेला उनी चारजना साथीसँग पौडी खेल्नेक्रममा बेपत्ता भएका थिए । घिमिरेका मामा हरि दाहालका अनुसार प्रशान्त असार २३ गते बुधबारदेखि बेपत्ता भएका थिए । आइतबार बिहान शव फेला परेपछि घटनास्थलमा पुगेका प्रहरी टोलीले मुचुल्का तयार पारी पोस्ट मार्टमका लागि भरतपुर अस्पताल ...

नवलपुरमा चितुवाको आक्रमणबाट १३ भेडा मरे

नवलपुरमा चितुवाको आक्रमणबाट १३ भेडा मरे
नवलपुर । पूर्वि नवलपरासीको मध्यविन्दुमा जंगली जनावरको आक्रमणबाट १३ वटा भेडा मरेका छन् । मध्यविन्दुु नगरपालिका वडा नं.१ स्थित अभियानमा स्थानीय मनकुमारी महतोको गोठमा रहेका १५ वटा भेडा मध्ये १३ वटा भेडा मरेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का डिएसपी दिलिप कुमार गिरीले स्थानीय जंगलबाट आएको चितुवाले भेडा मारेको हुन सक्ने बताउनु भयो ।

गैँडाकोटमा सर्पको टोकाइबाट बालिकाको मृत्यु

गैँडाकोटमा सर्पको टोकाइबाट बालिकाको मृत्यु
नवलपुर – गैँडाकोटमा सर्पको टोकाइबाट एक बालिलकाको ज्यान गएको छ । सर्पको टोकाइबाट शुक्रबार राति गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको मृत्यु भएको हो । राति सर्पले डसेको भए पनि बिहान मात्रै परिवारले थाहा पाउँदा समयमै उपचार नपाएर भुजेलको ज्यान गएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । परिवारलाई उदृत गर्दै इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बिहान ५ बजेको समयमा अस्पताल पु¥याइएको भए पनि बालिकाको ज्यान बचाउन नसकिएको बताउनुभयो ...

नवलपुरमा साउन ६ गतेसम्म निषेधाज्ञा थप

नवलपुरमा साउन ६ गतेसम्म  निषेधाज्ञा थप
कावासोती । पूर्वी नवलपरासीमा निषेधआज्ञा साउन ६ गते सम्म थप गरिएको छ । असार २७ गते राति १२ बजे देखि साउन ६ गते राति १२ बजे सम्म लागु हुने गरि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय नवलपुरले जानकारी दिएको छ । निषेधाज्ञामा निजी दुईपांग्रे र चार पांग्रे सवारी साधन चलाउन पाउने यस अघिको निर्णय यथावत राखिएकोे छ । यस्तै तीनपाग्रें टेप्पो भने रुट परमिटको आधारमा तोकिएको क्षेत्रमा मात्र संचालन गर्न पाउने बताइएको छ स्वास्थ्य मापदण्ड अपनाएर होटल, रेष्टुरेन्ट, सैलुन, पार्लर सन्चाल...

नवलपुरमा आज र भोली भेरोसेल खोपको दोस्रो मात्रा लगाईदै

नवलपुरमा आज र भोली भेरोसेल खोपको दोस्रो मात्रा लगाईदै
गोविन्द घिमिरे नवलपुर । पूर्वि नवलपरासीमा आज र भोली भेरोसेल खोपको दोस्रो डोज लगाइदै छ । जिल्ला कोभिड खोप अनुगमन तथा व्यवस्थापन समितिको बैठकले विभिन्न मितिमा भेरोसिल खोपको पहिलो मात्रा लगाएकाहरुका लागि आज र भोलीका लागि दोस्रो मात्रा लगाउने निर्णय गरेको थियो । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)का प्रमुख केशव प्रसाद चापागाईले स्थानीय तहहरुले यसअघि खोप लगाएका केन्द्रहरुबाटै खोप लगाउने कार्यतालिका रहेको जानकारी दिनुभयो । नवलपुर बाहेक अन्य जिल्लाबाट भेरोसिल खोपको पहिलो म...

कावासोती जलमग्न भएपछि यातायात अवरुद्ध

कावासोती जलमग्न भएपछि यातायात अवरुद्ध
नवलपुर — पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजार जलमग्न भएको छ ।कावासोती र डण्डाको बीचमा रहेको केरुङे खोलाको बाढी हात्तीखेर भन्ने स्थानबाट पसेका कारण मुख्य बजार क्षेत्र जलमग्न भएको हो । सडकमा पानीको वहाव बढेपछि यातायात आवागमन रोकिएको छ । पूूर्वपश्चिम राजर्मागमा सवारी साधन रोकिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिप कुमार गिरीले जानकारी दिनुभयो । कावासोती थानाचोकदेखि पश्चिम सभापतिचोकसम्मको बजार क्षेत्र र राजमार्ग क्षेत्र डुबानमा परेको छ ।

गैँडाकोटबाट हराएकी २१ वर्षीया विना सापकोटाका प्रेमी पक्राउ

गैँडाकोटबाट हराएकी २१ वर्षीया विना सापकोटाका प्रेमी पक्राउ
नवलपुर । पूर्वि नवलपरासीको गैँडाकोटबाट असार १४ गतेदेखि हराइरहेकि २१ वर्षीया विना सापकोटाका प्रेमीलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नं. ४ घर भएका २३ वर्षका प्रवेश कंडेललाई प्रहरीले पक्राउ गरेको हो । कंडेलले मोटरसाईकलमा राखेर विनालाई गैँडाकोट स्थित घरबाटै लगेको विनाका बुवा जायश्वर सापकोटाले उज्यालो खबरलाई जानकारी दिनुभयो । ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक लक्ष्मी पाण्डे खनालले विना सापकोटाको घरबाटै कंडेलले लगेको परिवारले बताएपछि अनुसन्धान...

नारायणगढ–बुटवल सडक बिस्तार : दुई वर्षमा १० प्रतिशतभन्दा कम काम

नारायणगढ–बुटवल सडक बिस्तार : दुई वर्षमा १० प्रतिशतभन्दा कम काम
नवलपुर । निर्माण शुरु भएको दुई वर्ष बितिसक्दा पनि नारायणगढ–बुटवल सडक बिस्तारमा भौतिक प्रगति १० प्रतिशतसमेत पुग्न सकेको छैन । पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा चौडा गर्ने गरी सरकारले बिस्तार शुरुआत गरे पनि पहिले निर्माणस्थलमा रहेका संरचना हटाउन नसकेर र अहिले कोभिडका कारणले ढिला भइरहेको छ । यही असारको १ गतेदेखि नियमित भइरहेको वर्षाका कारण निर्माण सुस्त भएको नारायणगढ–बुटवल सडक योजनाले जनाएको छ । सडकमा कहिले डाइभर्सनलगायतका सडकका संरचना बगाउने, कहिले पहिरोले सडक अवरुद्ध भएकाल...

मौलाकाली वनमा हरीप्रसादको नेतृत्व ! (को कुन पदमा हेर्नुस)

मौलाकाली वनमा हरीप्रसादको नेतृत्व ! (को कुन पदमा हेर्नुस)
गोविन्द घिमिरे गैँडाकोट । मौलाकाली सामूदायिक वन उपभोक्ता समूूहको अध्यक्षमा हरीप्रसाद सापकोटा चयन हुनुभएकाे छ। सातौँ अधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिले सापकोटाको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको जनाएको छ । निर्वाचन समितिका संयोजक लालमणी पौडेलले आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको जानकारी दिनुभयो । समूूहको उपाध्यक्षमा भगवान घिमिरे, सचिवमा देवकी मिश्र, कोषाध्यक्षमा कमलप्रसाद कंडेल, सहसचिवमा मिनाकुमारी खत्री र कोषाध्...