भरतपुरको आँपटारीमा ट्रकको ठक्करवाट एक जनाको मृत्यु
भरतपुर महानगरपालिका वडा नं. १ आँपटारीस्थित पानीटंकी ओरालोमा ट्रकले दुई वटा स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । नारायणगढबाट लम्जुङतर्फ जाँदै गरेको न १ ख ९७५६ नम्बरको ट्रकले विपरित दिसशाबाट आईरहेका प्रदेश ३–००३ प ३५४३ र प्रदेश २–०३–००७ प ७१९६ नम्बरका स्कुटरलाई आज दिउँसो २ः५५ बजेको समयमा ठक्कर दिंदा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा ३५४३ नम्बरको स्कुटर पछाडि सवार देवघाट गाउँपालिका वडा नं. १ तनहुँ बस्ने अन्दाजी ४० वर्षिया चिनिमाया पौडेल रहे...
