नवलपुर ।नवलपुरको गैँडाकोट नगरपालिकाले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई लक्षित गर्दै आज पालिकाभर कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाउँदै छ ।
गैँडाकोट नगरपालिका वडा नं. १ देखि १८ का सबै वडाहरुमा कोभिशिल्ड खोप लगाएकाहरुको लागि दोस्रो मात्रा स्वरुप एस्ट्रेजेनेका खोप लगाउन लागिएको प्रमुख प्रशासकीय अधिकतृ यामप्रसाद भुसालले जानकारी दिनुभयो ।
गएको फागुुन महिनामा कोभिशिल्ड खोप लगाएको प्रमाण सहित आफुलाई पायक पर्ने स्थानमा पुगेर दोस्रो डोज लगाउन नगरपालिकाले आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया