गैँडाकोट नगरपालिकाद्धारा १३ हजार फलफुलका विरुवा वितरण
सुस्मा न्यौपाने
गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोट नगरपालिकाले यसवर्ष १३ हजार फलफुलका विरुवा वितरण गरेको छ । यसआर्थिक वर्षमा आँप, लिच्ची र कागतीका विरुवाहरु वितरण गरिएको नगरपालिकाका कृषि शाखाका प्रमुख राजु प्रसाद शर्माले जानकारी दिनुभयो ।
९ हजार थान सुन कागती, २५ सय थान अम्रपाली प्रजातिकाे आँप र २५ सय थान शाही प्रजातिकाे लिची नगरपालिकाले वितरण गरेको हो । नगरपालिकाको बार्षिक कार्यक्रम अनुसार फलफुल वितरण गरिएको शर्माले बताउनु भयो ।
नगरपालिकामा दर्ता भएका विभिन्न कृषक ...
