गाेविन्द घिमिरे
नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले  भन्सार छलेर ल्याउँदै गरेका  ७८ लाख मुल्य बराबरका अवैध  मोवाइल सेट बरामद गरेको छ । जिल्लाको विनयीत्रिवेणी गाउँपालिका वडा नं. १ राजमार्गबाट विभिन्न ब्राण्डका ५९५ थान मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का डिएसपी दिलिप कुमार गिरीले उज्यालो खबरलाई जानकारी दिनुभयो । बरामद भएका मोबाइलको बजार मुल्य करिव ७८ लाख रुपैँया पर्ने बताइएको छ ।
ईलाका प्रहरी कार्यालय दुम्कीबासको टोलिले गएराति ११ वजे पश्चिमबाट पूर्वतर्फ जान आउदै गरेको प्रदेश ३- ०१- ०२३- च -५५४४ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा अवैध रुपमा ल्याउदै गरिएका मोबाईल बरामद गरेको हो । बरामद गरिएका अवैध मोबाइल आजै भन्सार कार्यालय पठाउने प्रहरीकाे तयारी छ ।
भन्सार छलेर मोबाइल ल्याउने चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ८ का अर्जुन ढकाल र भरतपुर २१ का ईन्द्रलाल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनिहरु दुवैजनालाई दुम्कीबास प्रहरीको हिरासतमा राखिएको छ । नवलपरासीको नाकाबाट अवैध रुपमा भन्सार छलेर सामानहरु भित्रन थालेपछि नवलपुर प्रहरीले चेकजाँचलाई कडा पारेको छ ।

तपाईको प्रतिक्रिया