गैँडाकोट । नवलपुरमा सोमबार थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार सोमबार जिल्लामा गरिएको एन्टिजेन तथा पिसिआर परिक्षणमा जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार थपिएका संक्रमित मध्ये गैंडाकोटमा १७ , देवचुलीमा ६, कावासोतीमा ३७ , मध्यविन्दुमा ६ , विनयी त्रिवेणिमा ३ र हुप्सेकोटमा १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।सोमबार थपिएका ७७ जना संक्रमित सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८२४ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया