गैँडाकोट । नवलपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमाणबाट थप ३ जनाको मृत्यु भएको छ भने थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कावासाेतीका २ जना र देवचुलीका एक जना संक्रमितकाे उपचारकाे क्रममा अस्पतालमा मृत्यु भएकाे हाे । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार बुधवार जिल्लामा गरिएको एन्टिजेन तथा पिसिआर परिक्षणमा जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधवार थपिएका संक्रमित मध्ये गैंडाकोटमा २१ , देवचुलीमा १५, कावासोतीमा ३० , मध्यविन्दुमा ७ , हुप्सेकोटमा ८ र बुलिङ्टारका १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।बुधवार थपिएका ८२ जना संक्रमित सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७९१ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया