मौलाकालिका पम्पिङ खानेपानीको उद्घाटन ,१२ सय घरधुरी लाभान्वित हुने
गैंडाकोट । मौलाकालिका पम्पिङ खानेपानीको उद्घाटन भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले एक समारोहका वीच बुधवार आयोजनाको उद्घाटन गर्नुभएको हो ।
खानेपानी आयोजनाको उदघाटन गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशलाई अन्य प्रदेशको तुलनाका अब्बल बनाउने तर्फ लागि परेको बताउनु भयो । उहाँले प्रदेशमा कोरोनाबाट दिगंवत हुनुभएका परिवारलाई नगद रु ५० हजार उपलब्ध गराईएको, कोरोनाबाट अभिभावक गुमाएका नावालिकहरुलाई मासिक ५ हजारका दरले नगद वितरण गरिएको र यहाँका जनत...


