
गैँडाकोट । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गैँडाकोट नगर कमिटीको अध्यक्षमा मोती प्रसाद वाग्ले चयन हुनुभएको छ ।
पार्टीको आज सम्पन्न नगरस्तरीय भेला मार्फत वाग्लेको अध्यक्षतामा १८ सदस्यीय कमिटी घोषणा गरिएको हो । कमिटीको उपाध्यक्षमा फुल कुमारी ढकाल र चन्द्र सिंजाली रहनु भएको छ । त्यसैगरी सचिवमा सुर्यप्रसाद कंडेल, उपसचिवमा ध्रुव प्रसाद पौडेल र भिम बहादुर श्रीस रहनुभएको छ ।
नगर कमिटीको सदस्यहरुमा दुर्गा प्रसाद गौतम, विश्वनाथ नेपाल, वेदनिधी शर्मा, अर्जुन पौडेल, हरी प्रसाद पौडेल, पपिन्द्र थापा, सरस्वती पौडेल, छविलाल दाहाल, लिला बहादुर सुनार, टेक बहादुर कार्की, रुद्रप्रसाद सवेदी र मनिकुमार सोमै रहनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष रामजी प्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको नगरस्तरीय भेला तथा कमिटी घोषणा कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता धनन्जय शर्मा विशेष अतिथि रहनुु भएको थियो ।कार्यक्रममा केन्द्रीय सल्लाहकार सदस्य भोजराज भटटराई, केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा, एकीकृत समाजवादी नवलपुरका अध्यक्ष शालिग्राम भट्टराई ,टिकाराम पाैडेल, ठाकुर पराजुली लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) का नेताहरुले गैँडाकोटमा कमिटी गठन भएसगै नेकपा एमालेलाई धक्का पुगेको धारणा ब्यक्त गरे । नेकपा समाजवादीको एउटा पनि मान्छे छैन कमिटी गठन हुँदैन भन्दै एमालेका नेताहरु हिडेको भन्दै कमिटी गठन घोषणा त्यसको जवाफ भएको उनिहरुले बताए । आगामी चुनावमा गठबन्धनसँग मिलेर चुनावमा जाने तयारी भएकाे भन्दै नेताहरुले एमालेको हिसावकिताव निर्वाचनले गर्ने जिकिर गरे ।