गैंडाकोट । मौलाकालिका पम्पिङ खानेपानीको उद्घाटन भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले एक समारोहका वीच बुधवार आयोजनाको उद्घाटन गर्नुभएको हो ।

खानेपानी आयोजनाको उदघाटन गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशलाई अन्य प्रदेशको तुलनाका अब्बल बनाउने तर्फ  लागि परेको बताउनु भयो । उहाँले प्रदेशमा कोरोनाबाट दिगंवत हुनुभएका परिवारलाई नगद रु ५० हजार उपलब्ध गराईएको, कोरोनाबाट अभिभावक गुमाएका नावालिकहरुलाई मासिक ५ हजारका दरले नगद वितरण गरिएको र यहाँका जनताहरुलाई निशुल्क रगत उपलब्ध गराईएको स्मरण गर्दै अव छिट्टै मिर्गौलाका बिरामीहरुका निम्ति पनि कार्यक्रमहरु ल्याउने तयारी भएको जानकारी दिनुभयो

२०७३ सालदेखि निर्माण सुरु भएको मौलाकालिका पम्पिङ खानेपानीको वडा नं। १ धारापानीमा रहेको नवदुर्गा आधारभूत विद्यालयको जग्गामा पम्प हाउस रहेको छ । पम्प हाउसका लागि विद्यालयले जग्गा उपलब्ध गराएको हो । १३५० मिटर लामो दुरीबाट लिफ्टिङ गरेर पानी मौलाकाली मन्दिर परिसरमा रहेको मुख्य टंकीमा पुर्‍याईएको हो । पम्प हाउसमा २ वटा टंकी निर्माण गरिएका छ । पम्प हाउसदेखि मुख्य टंकीमा पानी पुर्‍याउन साडे २ इन्च मोटो जि आई पाईपको प्रयोग गरिएको जनाईएको छ । ।

जनश्रमदान र सरकारको अनुदान गरि जम्मा १ करोड ६१ लाख रुपियाँ लागतमा निर्माण गरिएको सो आयोजनाबाट १२ सय घरधुरीका ६ हजार ६ सय उपभोक्ताहरू लाभान्वित हुने खानेपानी डिभिजन कार्यालय तनहुँका प्रमुख राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो । आयोजनाको निर्माण कार्य सुरु भएदेखि नै गैडाकोट खानेपानी स्किमका अध्यक्ष शाेभाखर रिमालले उक्त खानेपानी योजनाको समेत संयोजक रहि भूमिका निर्वाह गर्नुभएको थियो ।

उद्घाटन समारोहमा आफ्ना भनाईहरु राख्दै श्री धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष सालिकराम सापकोटाले गैंडाकोट मात्र नभएर सिंगो गण्डकी प्रदेशलाई नै धार्मिक पर्यटन क्षेत्रका रुपमा विकसित गर्नुपर्ने बताउनु भयो । उहाँले विश्व मै नभएको शालिकग्राम कालिगण्डकी नदिमा पाईने भएकाले त्यको संरक्षण र सम्बर्धन गर्न सके पर्यटन ब्यवसायमा थप टेवा पुग्ने धारणा ब्यक्त गर्नुभयो ।
उक्त समारोहमा स्वर्गिय आमा बसुन्धरा पौडेलको स्मृतिमा छोरा टंकनाथ पौडेलवाट मन्दिरमा रहेको गुरुकुलका लागि अक्षय कोषको स्थापना गरिएको जनाउँदै मुख्यमन्त्री पोख्रेललाई अक्षयकोषका निम्ति रु २५ हजारको चेक हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने अन्य वक्ताहरुमा वडा १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटा, जिल्ला खानेवानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँका प्रमुख राजेन्द्र न्यौपाने, देवघाट क्षेत्र विकास समितिका कोषाध्यक्ष बद्रीप्रसाद अधिकारी र पतन्जली योग पिठका नेपाल संयोजक एवं मौलाकालिका मन्दिरका सल्लाहकार ज्ञानेन्द्र विक्रम महत लगायत रहनुभएको थियो ।समितिका अध्यक्ष सालिकराम सापकोटाको अध्यक्षतामा भएको समुद्घाटन कार्यक्रममा उपाध्यक्ष खगेन्द्रदास कडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन सचिव सुरेन्द्रप्रसाद रेग्मीले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया