×

नवलपुर विशेष

एकैदिन तोलामा २५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

एकैदिन तोलामा २५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । सुनको मूल्य एकैदिन तोलामा २ हजार पाँच सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९९ हजार रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको आजको कारोबार मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ भने चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ पुगेको छ । बुधबार तेजावी सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँ थियो भने चाँदी १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

काङ्ग्रेसले सार्‍यो नवलपुर सहित १० जिल्लाको अधिबेशन

काङ्ग्रेसले सार्‍यो नवलपुर सहित १० जिल्लाको अधिबेशन
नवलपुर- नेपाली काङ्ग्रेसले १० जिल्लाको अधिबेशन पुन पछाडि सारेको छ।काँग्रेसले अधिबेशन गर्न बाँकी रहेका १६ जिल्ला मध्ये १० जिल्लाको मात्र अधिबेशन सारिएको जनाएको छ।बाँकी ६ जिल्लाको भने पुर्बनिर्धारित मितिमै अधिबेशन हुने छ। निर्वाचन समितिका अनुसार सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछामको अधिवेशन २० गतेका लागि सरेको हो। यस्तै महोत्तरी, रौतहट, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक र कैलालीको अधिवेशन भने तोकिएको मिति फागुन १५ गते नै हुने समितिले जनाएक...

मौलाकालिका पम्पिङ खानेपानीको उद्घाटन ,१२ सय घरधुरी लाभान्वित हुने 

मौलाकालिका पम्पिङ खानेपानीको उद्घाटन ,१२ सय घरधुरी लाभान्वित हुने 
गैंडाकोट । मौलाकालिका पम्पिङ खानेपानीको उद्घाटन भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले एक समारोहका वीच बुधवार आयोजनाको उद्घाटन गर्नुभएको हो । खानेपानी आयोजनाको उदघाटन गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशलाई अन्य प्रदेशको तुलनाका अब्बल बनाउने तर्फ  लागि परेको बताउनु भयो । उहाँले प्रदेशमा कोरोनाबाट दिगंवत हुनुभएका परिवारलाई नगद रु ५० हजार उपलब्ध गराईएको, कोरोनाबाट अभिभावक गुमाएका नावालिकहरुलाई मासिक ५ हजारका दरले नगद वितरण गरिएको र यहाँका जनत...

‘नेपाल बुझ्ने’ जनशक्ति तयार पार्न नवलपुरको गैडाकोटमा नयाँ विश्वविद्यालय

‘नेपाल बुझ्ने’ जनशक्ति तयार पार्न नवलपुरको गैडाकोटमा नयाँ विश्वविद्यालय
नवलपुर । स्वतन्त्र रूपमा सञ्चालन हुने गरी नेपाल विश्वविद्यालय गठन गर्न सरकारले तयारी अघि बढाएसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व), गैँडाकोटमा विश्वविद्यालय स्थापनाका लागि काम भइरहेको छ । गठन आदेश ऐन, २०७७ अन्तर्गत एक वर्षअघि नै ‘नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समिति’ गठन गरिएको थियो । स्वदेशका भाषा, संस्कृति, भूगोल, इतिहास, धर्म र परम्परा बुझ्ने जनशक्ति पार्ने लक्ष्यसहित स्थापना हुने विश्वविद्यालय स्वतन्त्र ढङ्गले सञ्चालन हुने बताइएको छ । नेपाल विश्वविद्यालय बोर्ड...

रत्ननगर महोत्सवका नाममा वन्यजन्तुको चरनक्षेत्र कब्जा, संरक्षणकर्मीको विरोध

रत्ननगर महोत्सवका नाममा वन्यजन्तुको चरनक्षेत्र कब्जा, संरक्षणकर्मीको विरोध
चितवन । निकुञ्जका वन्यजन्तु चरन गर्ने क्षेत्रमा दुइमहिना कब्जा गरेर रत्ननगर महोत्सव आयोजना गरिन थालेको छ । वन्यजन्तुको वासस्थान रहेको टिकौली चौरमा रत्ननगर उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्ने भन्दै पुस महिनाको पहिलो साताबाट चौर कब्जा गरेको थियो । कोरोनाले सञ्चालनमा रोक लगाएपछि अहिलेसम्म त्यस स्थानमा टहरा नहटाइ चौर कब्जा गरिएको छ । पुसदेखि कब्जा गरेको चौरमा फागुन १५देखि महोत्सव आयोजना गर्ने भन्दै प्रचार गर्दै आएको छ । चितवन निकुञ्ज , वन डिभिजन कार्यालय भरतपुर, संरक्षणकर...

नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भरतपुर महानगरका सवइञ्जिनियर पौडेल पक्राउ

नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भरतपुर महानगरका सवइञ्जिनियर पौडेल पक्राउ
चितवन। ६ वर्षिया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भरतपुर महानगरपालिकाका सव इञ्जिनियर जीवन पौडेल पक्राउ परेका छन् । प्रहरीले उनलाई  पक्राउ गरेको हो । भरतपुर महानगरपालिका वडा नं। २ आँपटारी बस्ने ३६ वर्षिय पौडेललाई सोही ठाउँमा डेरा गरी बस्ने ६ वर्षिया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले बताउनुभयो । पौडेललाई जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको उहाँले जानकारी दिनुभयो । नाबालि...

प्रहरी निरीक्षक भिमसेन घिमिरेको कमान्डमा चोरहरुको गिरोह पक्राउ

प्रहरी निरीक्षक भिमसेन घिमिरेको कमान्डमा चोरहरुको गिरोह पक्राउ
नवलपुर। नवलपरासी(पूर्व)मा सरकारी कार्यालयका कम्प्युटर फोटोकपी मेसिन र प्रीन्टर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ परेको छ । सरकारी कार्यालयका उपकरण चोरी गर्ने सातजनालाई ईलाका प्रहरी कार्यालय रजहरले पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो ।पक्राउ पर्नेहरुमा बिरेन्द्र सहनी, अर्जुन सहनी, सम्भु सहनी अखलेस सहनी, देवानन्द सहनी, निरज सहनी र गोपाल परियार रहेका छन् । उनिहरुको साथबाट हुप्सेकोट गाउँपालिकाबाट चोरी भएको एकथान कम्प्युटर , देवचुली नगरपालिका वडा नं. १३ कार्यालयको ...

चितवन निकुञ्जमा सात महिनामा २७ गैँडा मरे,संरक्षणमा गम्भिर चुनौती

चितवन निकुञ्जमा सात महिनामा २७ गैँडा मरे,संरक्षणमा गम्भिर चुनौती
चितवन। चितवन राष्ट्रिय निकुञ्जमा सात महिनामा २७ वटा गैडा मरेका छन् ।प्राकृतिक र चोरी शिकारीको कारण गरेर सात महिनामा २७ गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको साउनबाट फागुनको शुक्रबारसम्मको विवरणमा दुइवटा गैंडा मात्र चोरी शिकारीको कारणले मरेको देखिएको छ । २५ वटा गैंडा अन्य कारणले मरेको छ । एक आपसमा जुधेर मात्रै ७ वटा मरेका छन् । निकुञ्जको विवरणमा २०७४ सालमा विभिन्न कारणले ४३ वटा गैंडा मरेको थियो ।निकुञ्जक...

त्रिवेणी सडकका लागि बजेट अभाव हुँदैन : मुख्यमन्त्री पोखरेल

त्रिवेणी सडकका लागि बजेट अभाव हुँदैन : मुख्यमन्त्री पोखरेल
दुम्कीवास  । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुम्कीवास त्रिवेणी सडकखण्ड खुलेसँगै नवलपुर मात्र नभई समग्र गण्डकी प्रदेशकै आर्थिक विकासको ढोका खोल्ने बताउनुभयो।शुक्रबार विनयी त्रिवेणी गाउँपालिकामा आयोजित कार्यक्रममा उहाँले प्रदेश सरकार स्थापनादेखि नै मार्ग खोल्न प्रयास भए पनि अहिले प्रक्रिया अगाडि बढेको बताउनुभयो। डीपीआरको काम अब सुरु भइहाल्ने भन्दै निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले युनेस्कोले पनि छिट्टै यसको निकास दिने विश्वास व्यक्त गर्नुभयो। ...