नवलपुर । फागुुन १९ र २० गते तय गरिएको नेपाली काँग्रेसको जिल्ला अधिवेशनको लागि नवलपुरमा नेपाली काँग्रेसका नेता डा. शेखर कोईराला समूहबाट महेन्द्रध्वज जिसी सभापति पदमा उठ्ने भएका छन् । काठमान्डौमा भएको भेलाले शेखर कोइराला समूहबाट जिसीको नेतृत्वमा जिल्लामा जाने निर्णय गरेको हो ।

शंसाक कोइरालाको निवास महाराजगंजमा बसेको भेलाले उपसभापतिमा चन्द्र बहादुर राना र महेन्द्र पोखरेललाई अघि बढाउने निर्णय गरेको छ । राना मध्यविन्दु नगरपालिकाका मेयर हुन् भने पोखरेल कावासोतीका काँग्रेसका पाका नेता मानिन्छन् ।त्यसैगरी सचिवमा होमराज रानाभाट र बालकृष्ण घिमिरेको नाममा सहमति जुटेको काँग्रेस स्रोतले उज्यालो खबरलाइ जानकारी दियो । घिमिरे हालका जिल्ला सचिव हुन् भने रानाभाट पार्टि प्रचारविभाग प्रमुख हुन् ।

त्यसैगरी सहसचिवमा राजकुमार थारु र राजेश पौडेललाई अघि बढाउने निर्णय भएको छ ।भेलामा काँग्रेस नेताहरु शेखर कोईराला, रामचन्द्र पौडेल, शंशाक कोइराला, विनोद चौधरी,गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछाने, काँग्रेस नेता विष्णुकुमार कार्की, नवलपुरका काँग्रेस नेता अमृत भट्टचन लगायतको उपस्थिति रहेको थियो । कावासोतीको लुम्विनी कलेजमा हुने अधिवेशनमा जिल्लाका १९७३ जना प्रतिनिधीले मतदान गर्ने काँग्रेसले जनाएको छ ।

तपाईको प्रतिक्रिया