नवलपुर- नेपाली काङ्ग्रेसले १० जिल्लाको अधिबेशन पुन पछाडि सारेको छ।काँग्रेसले अधिबेशन गर्न बाँकी रहेका १६ जिल्ला मध्ये १० जिल्लाको मात्र अधिबेशन सारिएको जनाएको छ।बाँकी ६ जिल्लाको भने पुर्बनिर्धारित मितिमै अधिबेशन हुने छ।
निर्वाचन समितिका अनुसार सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछामको अधिवेशन २० गतेका लागि सरेको हो।
यस्तै महोत्तरी, रौतहट, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक र कैलालीको अधिवेशन भने तोकिएको मिति फागुन १५ गते नै हुने समितिले जनाएको छ । मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तुत र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन स्थगित गर्नुपरेको काँग्रेसले जनाएको छ।