नवलपुर  । नवलपुरको पहाडी क्षेत्रका बासिन्दालाई सेवा दिन अत्रौलीमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि सिफारिस  गरिएकाे छ । जिल्ला स्थित प्रमुख राजनीतिक दलका प्रतिनिधी सहितको बैठकले  बुलिङटार गाउँपालिका –६, अत्रौलीमा इलाका प्रशासन कार्यालय स्थापना गर्न सिफारिस गरेकाे प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए । बुलिङटार र बौदिकाली गाउँपालिका भित्रका  नागिरकलाई सेवा प्रवाह गर्ने गरि इलाका प्रशासन कार्यालय स्थापना गर्न सिफारिस गर्ने निर्णय भएको उनले बताए ।

गृह मन्त्रालयले इलाका प्रशासन कार्यालय स्थापना गर्ने विषयमा राय सुझाव मागे अनुसार अत्रौलीमा स्थापना गर्ने गरि सिफारिस गरिएको हो।पहाडी क्षेत्रका बासिन्दाले लामो समय देखि इलाका प्रशासनको माग गदै आएका थिए । लामो समयदेखि इलाकाको माग भए अनुसार सहज रुपमा सेवा दिन इलाका प्रशासन कार्यालय स्थापनाको  सिफारिस भएको हाे ।

भौगोलिक विकटताका कारण यातायातको सहज पहुँच नहुँदा बुलिङ्गटार र बाैदीकाली गाउँपालिकाका बासिन्दाले   समस्या भोग्दै आएका छन् । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख चेसराम आले , नेकपा एमालेका विद्राेही गिरी, नेपाली काँग्रेसका गाेपाल बस्ताकाेटी , नेकपा माओवादी केन्द्रका लाेकप्रसाद भुर्तेल ,एकीकृत समाजवादीका सालिकराम अधिकारी, राप्रपाका विष्णु अधिकारी लगायत रहेका थिए ।

;

तपाईको प्रतिक्रिया