चितवन। ६ वर्षिया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भरतपुर महानगरपालिकाका सव इञ्जिनियर जीवन पौडेल पक्राउ परेका छन् । प्रहरीले उनलाई  पक्राउ गरेको हो ।

भरतपुर महानगरपालिका वडा नं। २ आँपटारी बस्ने ३६ वर्षिय पौडेललाई सोही ठाउँमा डेरा गरी बस्ने ६ वर्षिया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले बताउनुभयो । पौडेललाई जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको उहाँले जानकारी दिनुभयो ।

नाबालिकाकी आमाले आज जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी निवेदन दिनु भएको हो ।भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले पौडेल भरतपुर महानगरपालिका अन्तर्गत वडा नं। २९ मा सवइञ्जिनियर पदमा कार्यरत रहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया