नवलपुर । पूर्वि नवलपरासीको मध्यविन्दु नगरपालिकाको मेयर नमुना सडकमा अनियमितता भएको आशंका गरिएको छ । माध्यविन्दु नगरपालिका वडा नं. ७ स्थित सो सडक कालोपत्रेका क्रममा अनिमितता भएको आशंका स्थानीयले गरेका हुन् । कालोपत्रे गरेको सो सडकमा गुणस्तरहिन सामग्री प्रयोग भएको भन्दै स्थानीय युवाहरुले ठेकेदारलाई कारबाही गर्न समेत माग गरेका छन् । कालोपत्रे गरिएको सडक उप्कीएको, गुणस्तरमा ध्यान नदिइएको उनिहरुको भनाई छ ।

९०० मिटर सडक कालोपत्रे गर्ने जिम्मा नवलपरासीको नविन कन्सट्रक्सनलाई दिइएको बताउँदै नगरपालिकाका ईन्जिनियर माधव देवकोटाले स्थानीयको गुनासो आएपछि निर्माण कार्य रोक्न भनिएको बताए ।स्थानीय युवाहरुले सडकको गुणस्तरको बारेमा कुरा उठाएपछि हामिले ठेकेदारलाई सो बारेमा भएको के हो ? भनेर सोधपुछ गरेर काम रोक्न भनेका छौ उनले भने ।

यता सडक निर्माणको जिम्मा पाएको नविन कन्सट्रक्सनले भने सडकमा तत्कालै गाडि गुडाउँदा समस्या भएको बताएको छ । नविन कन्सट्रक्सनका ठेकेदार नविन ज्ञवालीले भने : कालोपत्रे गर्ने क्रममा तत्कालै गाडी चलाउँदा समस्या भएको हो गुणस्तरमा समस्या छैन, भत्किएको स्थानमा हामि फेरी काम गर्छौ उनले भने ।९३ लाखको लागतमा निर्माण हुन लागेको मेयर नमुना सडकको कालोपत्रे गर्ने काम अवको केहिदिनमै सम्पन्न हुने देखिएको छ ।

तपाईको प्रतिक्रिया