×

नवलपुर। नवलपरासी(पूर्व)मा सरकारी कार्यालयका कम्प्युटर फोटोकपी मेसिन र प्रीन्टर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ परेको छ । सरकारी कार्यालयका उपकरण चोरी गर्ने सातजनालाई ईलाका प्रहरी कार्यालय रजहरले पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो ।पक्राउ पर्नेहरुमा बिरेन्द्र सहनी, अर्जुन सहनी, सम्भु सहनी अखलेस सहनी, देवानन्द सहनी, निरज सहनी र गोपाल परियार रहेका छन् ।

उनिहरुको साथबाट हुप्सेकोट गाउँपालिकाबाट चोरी भएको एकथान कम्प्युटर , देवचुली नगरपालिका वडा नं. १३ कार्यालयको फोटोकपि सहितको प्रीन्टर, एकथान डिजे स्पीकर र ६३ हजार ५९५ रुपैँया नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक दिलीप कुमार गिरीले जानकारी दिनुभयो ।

ईलाका प्रहरी कार्यालय रजरहका प्रहरी निरीक्षक भिमसेन घिमिरेको कमाण्डको विशेष टोलिले चोरहरुको गिरोहलाई पक्राउ गर्न सफल भएको हो ।केहि महिनाअघि मात्रै ईलाका प्रहरी कार्यालय रजहरको प्रमुखको रुपमा आएका प्रहरी निरिक्षक घिमिरे अनुसन्धानमा काबिल प्रहरी अफिसरका रुपमा चिनिन्छन ।

तपाईको प्रतिक्रिया