×

नवलपुर विशेष

नवलपुरसहित १६ जिल्लाको काँग्रेस अधिवेशन फागुन १३ गते

नवलपुरसहित १६ जिल्लाको काँग्रेस अधिवेशन फागुन १३ गते
नवलपुर । नवलपुर सहित १६ जिल्लाको नेपाली कांग्रेसको अधिवेशन फागुन १३ गते हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले फागुन १३ मा १६ जिल्लाको अधिवेशन गर्ने निर्णय गरेको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार समितिको आज बसेको बैठकले १६ जिल्ला कार्यसमितिको निर्वाचन फागुन १३ गते गर्ने निर्णय गरेको जानकारी दिए ।  

अध्यक्षले एकलौटी रुपमा सचिवालय सदस्यहरु मनोनीत गरेको भन्दै गैँडाकोट एमालेमा चर्को असन्तुष्टी

अध्यक्षले एकलौटी रुपमा सचिवालय सदस्यहरु मनोनीत गरेको भन्दै गैँडाकोट एमालेमा  चर्को असन्तुष्टी
नवलपुर । नेकपा एमाले गैँडाकोटमा नगर अध्यक्षले एकलौटी रुपमा सचिवालय सदस्यहरु मनोनीत गरेको भन्दै चर्को असन्तुष्टी देखिएको छ ।नगरअध्यक्ष षडानन्द लामिछानेले विहिवार दिउसो नगर कमिटीको बैठक मार्फत एकलौटी रुपमा सचिवालय सदस्यको रुपमा नाम घोषणा गरेपछि तिव्र आलोचना भएको छ । एमाले नगर कमिटी उपाध्यक्ष नवराज कंडेलले आफुहरुको सहमति विनानै अध्यक्षले एकलौटी रुपमा मञ्चबाट नामावली घोषणा गरेको भन्दै सो निर्णय आफुलाई मान्य नहुने बताउनुभयो  । पार्टिमा योगदान दिएका मान्छेलाई बाहिर राखेर अध्यक्ष...

कावासाेतीमा अटो चालककाे हत्यागर्ने मुख्य अभियुक्त झापाबाट पक्राउ

कावासाेतीमा अटो चालककाे हत्यागर्ने मुख्य अभियुक्त झापाबाट पक्राउ
नवलपुर । नवलपुरको कावासोतीमा अटो चालकको हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन् । कावासोती नगरपालिका वडा नं. १३ गैरी घर भएका ५२ वर्षका माधवप्रसाद गिरीको हत्याको आरोपमा कावासोतीकै २० वर्षका पृथ्वी भुजेल पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । उज्यालो खबरलाई प्राप्त सूचना अनुसार २० वर्षका भुजेल नेपाल भारत सिमाको काकडभित्ताबाट आज साँझ पक्राउ परेका हुन् । भोलिसाँझ सम्म पक्राउ परेका अभियुक्त भुजेललाई नवलपुर ल्याइसक्ने प्रहरीको तयारी छ ।गिरीको हत्यापछि फरार रहेका उनि विरुद्ध परिव...

नवलपुर निर्वाचन कार्यालयलाई चुनाव लाग्यो, मतदाता सूची रुजुमा व्यस्त

नवलपुर निर्वाचन कार्यालयलाई चुनाव लाग्यो, मतदाता सूची रुजुमा व्यस्त
नवलपुर। वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन कार्यालय नवलपुरले निर्वाचन लक्षित काम सुरु गरेको छ ।कार्यालयले मतदाता नामावलीको काम रोकेर संकलित मतदाताको सूचीलाई रुजु गरी निर्वाचन आयोग पठाउने गरी काम सुरु गरेको हो । निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भूसालले मतदाता नामावली दर्ता रोकिएको बताउँदै आन्तरिक रुपमा निर्वाचनको तयारीको लागि काम सुरु गरेकाे बताउनुभयाे । उहाँले संकलित मतदाताको सूचीलाई पुनःपरीक्षण गरेर निर्वाचन आयोगमा पठाउने तयारी भैरहेको उज्यालो...

नवलपुर समाज जापानद्धारा मृगौला पीडित विरामीलाई आर्थिक सहयोग

नवलपुर समाज जापानद्धारा मृगौला पीडित विरामीलाई आर्थिक सहयोग
गोविन्द घिमिरे गैँडाकोट । नवलपुर समाज जापानले गैँडाकोटका मृगौला पीडित विरामीलाइ नगद सहयोग गरेको छ । गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं. ८ स्थायी घर भै हाल गैँडाकोट ५ बस्दै आएका ५० बर्षीय कुलराज खरेललाइ ५० हजार रुपैँया सहयोग गरेको हो । नवलपुर समाज जापानका प्रतिनिधीहरुले पठाएको रकम गैँडाकोट नगरपालिका वडा नं. ५ का अध्यक्ष नवराज कंडेल मार्फत आज मृगौला पीडित खरेललाइ हस्तान्तरण गरिएको नवलपुर समाज जापानका अभिभावक सीआर कंडेलले बताउनुभयाे। गैँडाकोट नगरपालिका वडा नं. ५ को ...

विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
सचिन भट्टराई गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोटमा रहेको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । गैँडाकोट नगरपालिका वडा नं. ५ स्थित सरस्वती आधारभूत विद्यालयका ४८ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । स्वर्गीय खड्क कुमारी किजिम मगरको स्मृतिमा उहाँका श्रीमान प्रेमबहादुर किजिम मगर, छोराहरु जंग बहादुर किजिम मगर, छोरी अमृता किजिम मगर नातिनिहरु मुना किजिम मगर र रोजि किजिम मगरको उपस्थितिमा विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा व...

सामाजिक सुरक्षा भत्तामा गैँडाकोटमा बार्षिक २० करोड बढी खर्च

सामाजिक सुरक्षा भत्तामा गैँडाकोटमा बार्षिक २० करोड बढी खर्च
नवलपुर । नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकामा सामाजिक सुरक्षा भत्ताामा बार्षिक २० करोड बढी खर्च हुँने गरेको तथ्याकंले देखाएको छ ।गैँडाकोट नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण उपशाखाका अनुसार नगरभित्रका झण्डै ५ हजार ५ सय नागरिकहरुले सामाजिक सुरक्षा भत्ता बुझिरहेका छन् । नगरपालिकाका सामाजिक सुरक्षा तथा पञ्जिकरण उपशाखाका प्रमुख देवेन्द्र बहादुर कुमालले हरेक तीन तीन महिनामा सरकारले उपलव्ध गराउने सामाजिक सुरक्षा भत्तामा गैँडाकोटका ५५ सय नगरवासी सहभागी हुने गरेको बताउनु भयो ।...

आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै

आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै
काठमाडौं । आज विद्याकी देवी सरस्वतीको पूजा-अर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ ।वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ । ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, आर्यघाटस्थित सरस्वती मन्दिर, मैतिदेवी, स्वयंभूलगायत विभिन्न सरस्वती मन्दिरहरुमा दर्शनार्थीको भिड हुने गरे पनि कोरोना संक्रमणका कारण जमघट निषेध गरिएको छ । आजै हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम तय भएक...

गैँडाकोट ८ का सातवटा टोलमा एमालेको टोल कमिटी गठन

गैँडाकोट ८ का सातवटा टोलमा एमालेको टोल कमिटी गठन
गैँडाकोट । नेकपा एमाले गैँडाकोट नगर कमिटी वडा नं. ८ ले संगठन विस्तार कार्यक्रमलाई निरन्तरता दिएको छ । वडाका सवै ११ वटै टोलमा टोल कमिटी गठन गर्दै पार्टिका गतिविधीहरुलाई चलायमान बनाउँदै अघि बढेको एमाले गैँडाकोट ८ ले पछिल्लो पटक दुईवटा टोलमा टोल कमिटी गठन गरेको जनाएको छ । हालसम्म ७ वटा टोलमा टोल कमिटी गठन भएको छ । नेकपा एमाले गैँडाकोट ८ का अध्यक्ष श्रीहरी चालिसेले करङघारी /बेलटारी टोल र विजय नगर टोलमा टोल कमिटी गठतन गरिएको जानकारी दिनुभयो । गैँडाकोट ८ का वडा अध्यक्ष डिलाराम र...