नवलपुर । नेकपा एमाले गैँडाकोटमा नगर अध्यक्षले एकलौटी रुपमा सचिवालय सदस्यहरु मनोनीत गरेको भन्दै चर्को असन्तुष्टी देखिएको छ ।नगरअध्यक्ष षडानन्द लामिछानेले विहिवार दिउसो नगर कमिटीको बैठक मार्फत एकलौटी रुपमा सचिवालय सदस्यको रुपमा नाम घोषणा गरेपछि तिव्र आलोचना भएको छ ।

एमाले नगर कमिटी उपाध्यक्ष नवराज कंडेलले आफुहरुको सहमति विनानै अध्यक्षले एकलौटी रुपमा मञ्चबाट नामावली घोषणा गरेको भन्दै सो निर्णय आफुलाई मान्य नहुने बताउनुभयो  । पार्टिमा योगदान दिएका मान्छेलाई बाहिर राखेर अध्यक्षले मनपरी ढंगले रुपमा गरेको निर्णय खेदजनक छ उहाँले भन्नुभयो ।

गैँडाकोट ११ का वडा अध्यक्ष गोविन्द सुवेदीको उदाहरण दिदै उपाध्यक्ष कंडेलले पार्टीको तर्फबाट वडाअध्यक्ष भैरहेको मान्छेलाई समेत नगर सचिवालयमा नराख्नु दुर्भाग्यपूर्ण रहेको बताउनुभयो ।पदाधिकारीको बैठक राखेर निर्णय भएको भन्दै अध्यक्षले झुट बोलेको उहाँले बताउनुभयो । पदाधिकारी बैठकमा यस बारेमा कुनै निर्णय भएको छैन र सो निर्णय प्रकृयामा म सहभागि छैन उपाध्यक्ष कंडेलले भन्नुभयो ।

राष्टिय युवासंघ नवलपुरका अध्यक्ष कृष्ण कंडेलले विगतमा पदाधिकारी भैसकेका र निर्वाचनको क्रममा उमेदवारी समेत नदिएका मान्छेलाई आश्चार्यजनक ढंगले अध्यक्षले टपक्क टिपेर राख्नु शोभनिय विषय नभएको बताउनुभयो ।उहाँले युवा विद्यार्थी र महिलाको प्रतिनिधित्व नभएको भन्दै यसलाई सच्चाएर अघि बढ्न आग्रह गर्नुभयो ।

भगवान घिमिरे,देशबन्धु सिग्देल, धुव्रराम पौडेल, नरेश थापा मगर, धन बहादुर चितौरे, देवीदत्त कंडेल,गुणाखर रेग्मी, सूर्य पराजुली लगायतलाई अध्यक्ष षडानन्द लामिछानले सचिवालय सदस्य भन्दै घोषणा गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया