एसईई दिइरहेका गैडाकाेटका विद्यार्थीको नारायणी नदीमा डुवेर मृत्यु
गैँडाकोट । नारायणीमा पौडी खेल्न गएका गैँडाकोटका एक युवाको पानीमा डुवेर मृत्यु भएको छ । गैँडाकोट नगरपालिका नगरपालिका वडा नं. १ का १७ वर्षका शुसील पौडेलको नारायणी नदीको जमेको पानीमा डुवेर मृत्यु भएको हो ।साथीहरुसँग आज दिउसो पौडी खेल्न गएका उनको गैडाकाेट १ स्थित सलाई फ्याक्ट्री भन्दा तल नारायाणी नदीको जमेको पानीमा डुवेर ज्यान गएको इलाका प्रहरी कार्यालय गैँडाकाेटले जनाएकाे छ ।
गैँडाकोट नगरपालिका वडा नं. २ को अक्सफोर्ड माध्यामिक विद्यालयमा अध्यनरत पौडेल हाल एसईईको परिक्षा दिइर...


