गैँडाकोटमा पार्टी निर्णयविरुद्ध काम गर्ने ६ जना एमालेबाट निस्कासित , साधारण सदस्य समेत नरहने
गैँडाकोट । नेकपा एमालेले स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा पार्टी निर्णय विपरित काम गर्ने, विपक्षीसँग साठगाँठ गर्ने तथा स्वतन्त्र रुपमा उमेदवारी दिएको भन्दै ६जनालाई कारबाहीका लागि सिफारिस गरेको छ ।
नेकपा एमाले गैँडाकोट नगरकमिटीले पार्टी निर्णय विरुद्ध काम गर्ने जिल्ला कमिटी सदस्य रामुकान्त अर्याल, लाल बहादुर थापा, जिल्ला लेखा आयोगका सदस्य होम बहादुर गुरुगं, नगर कमिटी सदस्य रुद्र प्रसाद अधिकारी, मेघराज सुवेदी, र नगर सल्लाहकार सदस्य प्रेम प्रसाद पाठकलाई कारबाहीको लागि जिल्...


