
गैंडाकोट । नेपाली कांग्रेस गैंडाकोटले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । शनिवार पार्टीको कार्यालय बि पि स्मृति भवन कांग्रेस चोकमा आयोजित एक समारोहका बीच नेपाली कांग्रेस गैंडाकोट नगर कार्य समितिले घोषणा पत्र सार्वजनिक गरेको हो । नेकाले सार्वजनिक गरेको घोषणा पत्रमा नगरका सामुदायिक बिद्यालयहरुमा माध्यमिक तहको निशुल्क शिक्षा, शिुल्क प्रयोगशाला, नगरका गुरुकुलहरुको व्यवथापन, नगरलाई विश्वविद्यालयको सीटी बनाउने योजना, गैंडाकोट वडा नं। ३, ४ र ८ मा रहेको क्षेत्रिय रंगशालाको निर्माण सम्पन्न गर्ने, बिभिन्न प्रकारका खेलकुदहरुको बिकास, सवैलाई निःशुल्क स्वास्थ्य विमा र स्वच्छ खानेपानी, नगर अस्पतालमा निःशुल्क डाइग्नोस्टिकको ब्यवस्था, नगर अस्पताललाई प्रदेश आपतालको रुपमा लैजाने, सुनौलो हजार दिन कार्यक्रमलाई निरन्तरता दिने, महिलाहरुको पाठ्यघरको निःशुल्क उपचार, बोरिङको बिकल्पमा दिगो स्रोतवाट स्वच्छ खानेपानी आपुर्ती गर्ने, कृषिमा अनुदान दिन, महिलाहरुलाई सामुहिक खेतीमा प्रोत्साहन गर्ने, एक घर एक करेशाबारी कार्यक्रम, नगरमा अगार्निक उत्पादनलाई प्रोत्साहन र आधुनिक पशु बधशाला लगायतका बिषयहरु समावेश छन् ।
गैंडाकोट कांग्रेसको पाँच बर्षै आधिकारिक धारणा सार्वजनिक गर्दै काँग्रेसका महासमिति सदस्य एवं घोषणा पत्र निर्माण समितिका सदस्य खेमराज सापकोटाले घोषणा पत्रमा राहत कोषको स्थापना, युवाहरुलाई कृषि तर्फ आकर्षित गर्ने, नगरको वडा नं ११ र १२ हुँदै चैते धानको पकेट क्षेत्र विस्तार गरिने, कृषि एम्बुलेन्सको स्थापना गरिने, सामुदायिक वनमा एक तलाउ, एक वार्ड एक उधान, नगरलाई वाल मैत्री बनाउने, जमिनको वर्गिकरण गरि भूमि वितरणलाई ब्यवस्थित गरिने, नगरका ठाउँ-ठाउँमा सीसी टि भी र फ्री वाइफाई पुर्याउने, साहित्य र कलाका सर्जकहरुलाई प्रोत्साहन गरिने, करको दायरा बढाइने तर कर नबढाइने र भृकुटी कागज कारखानको समस्या समाधान गर्न सम्वन्धित पक्षसँग छलफल गरिने जस्ता कार्यक्रहरु रहेको व्यहोरा पढेर सुनाउनु भयो ।
११ जना सदस्यहरु रहने गरि काँगे्रसका नगर सचिव कृष्ण मुरारी खनालको संयोजकत्वमो घोषणा पत्र निर्माण समिति बनेको थियो । घोषण पत्र नेकाको संकल्प, विपी कोइरालाको भाषा, नेताहरूका सामुहिक धारण, २०७४ सालको घोषणा पत्र, नेपालको संघीय सरकारको नीति तथा कार्यक्रम सहितको आधारमा तयार पारिएको नेता खेमराज सापकोटाले बताउनु भयो । घोषण पत्र २० पृष्ठ लामो छ । नेका गैंडाकोटले समुन्नत गैडाकोटको मार्गचित्रका रुपमा यो घोषणा पत्रलाई लिइएको सापकोटाको भनाई थियो ।
घोषणा पत्र सार्वजनिक गर्दै नेपाली काँग्रेसका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार मदनभक्त अधिकारीले आफु निर्वाचित भएर आएमा घोषणा पत्रमै आधारित भएर काम गर्ने, विकाश निर्माणका काममा सल्लाह, सुझावहरु र मार्गदर्शन अनुसार गर्ने, सुकुम्वासी र वेरोजगारी लागयतका थुप्रै समस्याहरू छन, तिनको समाधानका निम्ति भूमिका खेल्ने बताउँदै नेका का सबै उम्मेदवारहरुलाई निर्वाचित गराउन आग्रह गर्नुभयो ।
उप मेयर पदकी उम्मेदवार शान्ति कोइरालाले यहि घोषणा पत्रलाई आधार मानेर हाम्रा कार्यक्रमहरू पनि त्यहि भित्र रहेर कार्य गर्ने बताउनु भयो । उहाँले पार्टीको निर्देशनबाट बाहिर नजाने बताउनुभयो ।