नवलपुरमा गठबन्धन धरापमा, माओवादी बैठकबाट बाहिरियो
नवलपुर । नवलपुरमा उमेदवार बाडफाँडका विषयमा छलफल गर्न बसेको पाँचदलीय गठबन्धनको बैठकमा सहमती कायम हुन सकस परेको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी सहित पाँचदलको बैठकमा जिल्लाका स्थानीय तहहरुमा गठबन्धनको तर्फबाट उठाउने उमेदवारहरुको टुगो लगाउन बसको बैठक निश्कर्ष विहिन भएको हो ।
उज्यालो खबरसँग कुरा गर्दै नेकपा माओवादी केन्द्र नवलपुरका अध्यक्ष धनप्रसाद सापकोटाले नेपाली काँग्रेसले प्रमुुख पदहरुमा दावी नछाडेपछि कुरा मिल्न नसकेको बताउनुभयो । नेपाली क...


