
गैँडाकोट। वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह सदस्य निर्वाचनको लागि नवलपुरकाे गैँडाकोटमा २१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मनोनयन पत्र दर्ता गर्नका लागि तीन जनालाई मात्रै निर्वाचन अधिकृतको कार्यालय रहेको कम्पाउण्ड भित्र प्रवेश दिईएकाे गैँडाकोट निर्वाचन अधिकृत दीपशिखा मुनाकमीले बताउनुभयो।
मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम अन्तर्गत हुन सक्ने भिडभाड नियन्त्रण गर्नका लागि मनोनयन पत्र दर्ता गर्ने कार्यमा उम्मेदवार, (उम्मेदवारको वारेस) , प्रस्तावक र समर्थक (३ जना) मात्र निर्वाचन अधिकृतको कार्यालय रहेको कम्पाउण्ड भित्र प्रवेश गर्न दिईएको थियो।भोलि बैशाख १२ गते मनोनयन दर्ता गर्ने अन्तिम दिन रहेको छ।