गैँडाकोट । नेकपा माओवादी केन्द्र नवलपुरका नेता नेता डिल्लीप्रसाद पाठक( रामुु) नेकपा एमालेमा प्रवेश गर्ने तयारी गर्नुभएको छ ।लामो समयदेखि बामपन्थी आन्दोलनमा सकृय उहाँले केहिदिनपछि एमालेमा प्रवेश गर्ने तयारी भएको बताउनुभयो ।

नेकपा माओवादी केन्द्र नवलपुरको पूर्व जिल्ला सदस्य रहेका पाठक गैँडाकोट नगरकमिटीको सचिवालय सदस्य समेत रहनुभएको छ । वि.स २०४० सालमा जनक माविमा बामपन्थी विद्यार्थीको नेतृत्व गरेका पाठक माओवादी केन्द्रभित्र बौद्धिक नेताको रुपमा परिचित हुनुन्छ ।

सत्ता गठबन्धनको नाममा पार्टिभित्र सेवा गरेका पुराना मान्छेलाई पाखा लगाउने, विचारबाट विचलित हुने तथा अवसवाद हावि हुदै गएकोले एमालेमा रहेर सेवा गर्ने निर्णय गरेको हुँ उहाँले भन्नुभयो ।

लायन्सक्लव अफ गैँडाकोट सिटीको मेम्बर, धार्मिक सेवा समिति मौलाकालिका मन्दिरको निवर्तमान कोषाध्यक्ष, मौलाकालिका सामुदायिक वनको पूर्व सदस्य सहित सामुदायिक वनको क्षेत्रमा लामो समय काम गरेको अनुभव पाठकसँग छ ।

 

तपाईको प्रतिक्रिया