गैँडाकोट । बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले गैँडाकोट नगरपालिका वडा नं. ३, ८ , १० र १३ का वडाअध्यक्ष पदका उमेदवारहरुको टुंगो लगाएको छ ।नेकपा एमाले गैँडाकोट नगरकमिटीले सर्वसम्मत हुन रुपमा वडाअध्यक्ष चयन हुन नसकेका वडा नं. ३, ८, १० र १३ का वडाअध्यक्षहरुको नामको छनौट गर्न आग्रह गर्दै जिल्ला कमिटीमा सिफारिस गरेको थियो ।

उज्यालो खबरको न्यूज डेक्सलाई प्राप्त सूचना अनुसार गैँडाकोट नगरपालिका वडा नं.३ को अध्यक्षमा अर्जुन थापा र १३ को अध्यक्षमा पूराना नेता मधुकर मल्ललाई उठाउने निर्णय गरेको छ । त्यसैगरी वडा नं. १० को अध्यक्षमा देवीदत्त कंडेल र वडा नं. ८ को अध्यक्षमा नरबहादुर थापा (नरेश) को नाममा सहमति जुटेको छ ।

नेकपा एमालेले नवलपुरको आज साँझ बस्ने पदाधिकारी बैठकले यसको औपचारिक निर्णय गर्ने स्रोतको दावी छ । गैँडाकोट नगरपालिका वडा नं.८ मा श्रीहरी चालिसे, १० मा रुद्र अधिकारी  र १३ मा पदम पौडल उमेदवारको दौडमा रहेका थिए ।

तपाईको प्रतिक्रिया